Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन एमाले नेताहरु बालुवाटारमा

    प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन एमाले नेताहरु बालुवाटारमा

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 657
    SHARES

    काठमाडौं । पत्नीशोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समवेदना दिन एमाले संसदीय दलको टोली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको छ ।

    शुक्रबार समवेदना व्यक्त गर्न एमाले संसदीय दल उपनेता सुवास नेम्बाङको नेतृत्वमा प्रतिनिधिसभा र राष्ट्रिय सभा सांसदहरु पुगेका हुन् ।



    उनीहरुले प्रधानमन्त्रीकी दिवंगत पत्नी सीता दाहालप्रति फूल चढाउँदै श्रद्धाञ्जली अर्पण गरे ।



    त्यसअघि एमाले उपाध्यक्षहरू सुवास नेम्वाङ र विष्णु पौडेल, सचिवहरू पृथ्वीसुब्बा गुरुङ र गोकर्ण विष्ट, राष्ट्रियसभा सांसद विमला राई पौड्याललगायत नेताहरू बालुवाटार पुगेका थिए । उनीहरुले प्रचण्डको परिवारसँग समवेदना साझा गरेका थिए ।

    प्रधानमन्त्री प्रचण्ड पत्नी दाहालको ६९ वर्षको उमेरमा बुधबार निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार