काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी नियन्त्रण गर्न ल्याइएको विधेयकबारे जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्ने भएका छन् ।
विधेयकमा राखिएका प्रावधान संशोधन गर्नुपर्ने र भूतप्रभावित कानुन बन्ने भएकोले सो विधेयक पारित गर्नबाट पछि हट्ने बताएपछि जसपा नेताहरुसँग मन्त्री श्रेष्ठले छलफल गर्न लागेका हुन ।
दिउँसो साढे ३ बजे गृहमन्त्रालयमा साढे ३ बजे छलफलका लागि बोलाइएको छ । यसअघि संसद बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ कार्यसूचीको रुपमा रहँदै आएकोमा शुक्रबारको बैठकमा कार्यसूचीबाट हटाइएको छ ।
सत्तापक्ष दल जसपा तथा प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा दर्ता विधेयकमाथि प्रश्न उठाउने तयारी गरेपछि कार्यसूचीमा राखिएको छैन । सरकारले दुर्त गतिमा मिटरब्याजीलाई कारबाही गर्ने विधेयक पास गरेर लैजान खोजेपनि सत्तापक्षबाटै अवरोध सिर्जना भएपछि छलफल अघि बढाएको हो ।
यसअघि गत असार २० गते मिटरब्याज नियन्त्रण गर्ने प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची रहेपनि प्रमुख प्रतिपक्षी दलले गरेको संसद अवरोधका कारण सो सम्बन्धी अध्यादेश निष्क्रिय भएको थियो ।
Leave a Reply