काठमाडौं । राष्ट्रिय सभाको बैठक बिहान ११ बजेबाट जारी छ ।
आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।
त्यस्तै आर्थिक विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची आजको बैठकमा राखिएको छ ।
उता, राष्ट्र ऋण उठाउने विधेयक २०८० माथि दफाबार छलफल हुने भएको छ भने त्यसपछि सो विधेयकलाई पारित गर्ने कार्यसूची रहेको छ ।
Leave a Reply