Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • अर्थमन्त्री महतको राजीनामा माग्दै माइतीघरमा ठेकेदारको धर्ना

    अर्थमन्त्री महतको राजीनामा माग्दै माइतीघरमा ठेकेदारको धर्ना

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । सरकारले लामो समयदेखिका बाँकी बिलको भुक्तानी नदिएपछि निर्माण व्यवसायीहरुले धर्ना दिएका छन् ।

    असार मसान्त आइसक्दा पनि सरकारले लामो समयदेखिको बाँकी बिलको रकम भुक्तानी नगरेको भन्दै शुक्रबार बिहान नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा माइतीघर मण्डलमा धर्ना दिएका हुन् ।



    निर्माण व्यवसायीहरूले गरेको कामको भुक्तानी दिन नसक्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले तत्काल राजीनामा दिन समेत माग गरे ।



    अर्थमन्त्री, अर्थसचिव र विकासे मन्त्रालयका मन्त्रीहरूले पनि निर्माण व्यवसायीहरूले गरेका भुक्तानी कुनैपनि किसिमबाट गर्ने प्रतिबद्धता जनाएपनि भुक्तानी नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको उनीहरुको गुनासो छ ।

    उनीहरु ‘माइलस्टोनको व्यवस्था तुरून्त खारेज गर’, ‘निर्माण कार्यको म्याद थप गर’, ‘मूल्य समायोजन तुरून्त कार्यान्वयन गर’, ‘व्यवसायीले आत्मदाहा गर्ने क्रम बन्द गराउ’लगायतका प्लाकार्ड बोकेर आन्दोलनमा उत्रिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार