Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • रक्षामन्त्री खड्का भन्छन् – मुलुकको भौगोलिक रक्षा गर्न सेना प्रतिबद्ध छ, शंका नगर्नूस्

    रक्षामन्त्री खड्का भन्छन् – मुलुकको भौगोलिक रक्षा गर्न सेना प्रतिबद्ध छ, शंका नगर्नूस्

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेना भौगोलिक अखण्डता र सीमाको रक्षा गर्नका लागि पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

    राष्ट्रिय सभाको बिहीबारको बैठकमा रक्षा मन्त्रालयको विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री खड्काले सो कुरा बताएका हुन् ।



    उनले नेपालको भौगोलिक रक्षामा सेनाको भूमिकालाई लिएर शंका नगर्न आग्रह गरे ।



    ‘सृष्टि रहेसम्म हाम्रो देश रहन्छ, हाम्रो मुलुक संसार रहेसम्म रहन्छ । त्यतिबेलासम्म हाम्रो मुलुक रक्षाका लागि, मुलुकको भौगोलिक अखण्डता, सीमा रक्षाका लागि हामी नेपाली र नेपाली सेना पूर्णरूपमा प्रतिबद्ध छ,’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार