Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कपाल मुन्डन नयाँ मोडमा : भारतीय नागरिक नै १ हजार रुपैयाँमा बिक्री !

    कपाल मुन्डन नयाँ मोडमा : भारतीय नागरिक नै १ हजार रुपैयाँमा बिक्री !

    अनलाइन नेपाल
  • शनिबार, ३ साउन २०७७
  • 2.8K
    SHARES

    काठमाडौं। भारतीय नागरिकहरु पैशाको लागि कतिसम्म गिर्न सक्छन भन्ने कुरा कपाल मुन्डन प्रकरणबाट खुलेको छ। जुन कुरालाई भारतीय मिडियाले नै पुष्टी गरेका छन्।

    भारतीय मिडियाले दिएको समाचार सत्य हो भने भारतीय नागरिकहरु पैशाको लागि तल्लो स्तरसम्म गिर्ने गरेको खुलासा हुन्छ।



    उत्तर प्रदेशको वनारसमा शनिबार नेपाली नागरिकलाई जबरजस्ती  कपाल खौरिएर नेपालको बिरुद्ध नारा लगाएको प्रकरण नयाँ मोडमा पुगेको हो ।



    वनारसका एसएसपी अमित पाठकका अनुसार उक्त भिडियोमा देखिएका नेपाली युवा पूर्णत: भारतीय हुन्। जब प्रहरी टोलीले उनलाई हिरासतमा लिए र उनलाई केरकार गर्‍यो, त्यसपछि उनी भारतीय भएको खुलेको छ।

     न्युज १८ हिन्दीका अनुसार आरोपित नेपाली युवाको नाम धर्मेन्द्र सिंह हो ।

    साडी पसलमा काम गर्ने धर्मेन्द्र सिंह अहिले प्रहरी हिरासतमा छन्। सिंहले १ हजार रुपैयाँ लिएर नेपाली भएको अभिनय गरेको उत्तरप्रदेश प्रहरीले पुष्टी गरेको छ।

    विश्व हिन्दु सेना नामक संस्थाका प्रमुख  अरुण पाठकले  सोसल मिडियामा ति व्यक्तिलाई नारा लगाउन लगाएको भिडियो राखेर प्रधानमन्त्री केपी ओलीको बिरोध गरेका थिए।

    यो घटना सार्वजनिक भएपछि  अरुण पाठक लगायतका व्यक्तिहरु विरुद्ध मुद्दा दर्ता गरिएको छ। यस विषयमा गम्भीर अडान लिँदै यूपीका डीजीपी एचसी अवस्थीले वाराणसीका एक वरिष्ठ अधिकारीलाई अनुसन्धान गर्न आदेश दिएका छन्।

    घटना दर्ता गरिसकेपछि प्रहरीले सन्तोष पाण्डे, राजु यादव, अमित दुबे र आशीष मिश्रालाई पक्राउ गरेको छ। मुख्य आरोपी अरुण पाठक फरार छन् ।

    उक्त घटनालाई भेलूपुर पुलिस स्टेशनमा दर्ता गरिएको थियो।  जसको कपाल काटिएको थियो, उनी भारतीय नै हुन । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मबारे दिएको अभिव्यक्तिका कारण भारतको बनारसमा नेपालीमाथि ज्यादती भएको समाचार सार्वजनिक भएको थियो।प्रधानमन्त्री ओलीले गत सोमबार अयोध्या नेपालकै भूभाग रहेको र भारतले नक्कली अयोध्या खडा गरेको दाबी गरेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार