मोरङ । जिल्ला कारागार मोरङमा बन्दी जीवन बिताइरहेका एक जना वृद्धको मृत्यु भएको छ।
विराटनगरको हाटखोलास्थित जिल्ला कारागार मोरङमा कर्तव्य ज्यान मुद्दाका बन्दी मोरङको पथरीशनिश्चरे नगरपालिका–३ घर भएका ६८ वर्षीय दलबहादुर दमाईको मृत्यु भएको हो ।
बिहान ९ बजेतिर अचानक बिरामी परेर बेहोस भएपछि दमाईलाई उपचारका लागि विराटनगरकै कोसी अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सकले १० बजेतिर मृत घोषित गरेका थिए ।
दमाईलाई खुट्टा सुन्निने, छात्ती दुख्नेलगायत स्वास्थ्य सम्बन्धी पुरानै समस्या थियो। कर्तव्य ज्यान मुद्दामा अदालतको आदेश अनुसार दमाई गत वैशाख ७ गतेदेखि पुर्पक्षका लागि कारागार चलान भएका थिए।
Leave a Reply