काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको मस्यौदा छिट्टै संसदमा पेस गर्ने प्रतिवद्धता जनाएका छन् ।
बिहीबार राष्ट्रियसभामा विनियोजित बजेटमाथि सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री मोदीले संसदको यहि अधिवेशनभित्रमा ऐन ल्याएरै छोड्ने बताएका हुन् ।
मन्त्री मोदीले भने, ‘मैले ऐनमा चासो राखेको छु। देखिएका समस्या समाधान गर्न लागिरहेको छु । जसरी पनि संघीय निजामती सेवा ऐन ल्याउँछौं ।
मन्त्री मोदीले एक लाख ३७ हजार कर्मचारीमध्ये सघं अन्तर्गत ५३ हजार कर्मचारी समायोजन गरेको उल्लेख गर्दै आगामी साउनदेखि कर्मचारी समायोजनलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
Leave a Reply