Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डका सबै राजनीतिक कार्यक्रम शनिबारसम्मका लागि स्थगित

    प्रधानमन्त्री प्रचण्डका सबै राजनीतिक कार्यक्रम शनिबारसम्मका लागि स्थगित

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 747
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी, राजनीतिक तथा कुटनीतिक छलफल र भेटघाटलाई आउँदो ३० गते (शनिबार) सम्म स्थगित गरेका छन्।

    श्रीमती सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्री प्रचण्डले आफ्ना सम्पूर्ण कार्यक्रम चार दिनका लागि स्थगित गरेका हुन् ।



    प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यका अनुसार श्रद्धाञ्जली र समवेदना दिन बालुवाटार आउनेहरुसँग भेटघाट र कुराकानी गर्ने बाहेक अरु कार्यक्रम स्थगित गरिएको हो ।



    समवेदना प्रकट गर्न आउने शुभेच्छुकहरूले असार २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि बेलुका ६ बजेसम्म बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट्न सक्ने उनको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा बुधबार निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार