Online Nepal
  • बुधबार, २ माघ २०८१
  • सामाजिक सञ्जालबाट अर्बौं ठगी गर्ने गिरोह पक्राउ, बैंक खातामा अर्ब बढी ‘ट्रान्जेक्सन’

    सामाजिक सञ्जालबाट अर्बौं ठगी गर्ने गिरोह पक्राउ, बैंक खातामा अर्ब बढी ‘ट्रान्जेक्सन’

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 1.6K
    SHARES

    उदयपुर । सामाजिक सञ्जालमार्फत् ७० हजार अमेरिकी डलर पठाएको छु भन्दै ठगी गर्ने गिरोह पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै ठगी गर्ने गिरोहका सात जनालाई सार्वजनिक गरेको हो ।

    तीमध्ये तीन जना इन्जिनियर र एक जना भारतीय नागरिक रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा भारतको उत्तराखण्ड राज्य, जिल्ला पौडीगढवाल व्लक एमकेश्वर, पोष्ट अफिस भृगुखालका ३६ वर्षीय प्रविण भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका एसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।



    आइटी इन्जिनियर रहेका भट्ट पछिल्लो समय ठगी गर्ने उद्देश्यले झापाको विर्तामोड नगरपालिका(५ इन्द्रटोल बस्दै आएको अनुसन्धानबाट खुलेको छ। त्यसैगरी सप्तरीको राजविराज नगरपालिका-१ डुम्रिका २५ वर्षीय डम्बर साह, बिष्णुपुर गाउँपालिका-२ सिम्रहा सप्तरीका २० वर्षीय निरजकुमार साह रहेका छन् ।

    उनीहरू दुबै जना आइटी इन्जिनियर हुन् । प्रविण जेठ ८ गते, डम्बर असार १० र निरज जेठ २१ गते पक्राउ परेका हुन् । यस्तै गुल्मीको इस्मा गाउँपालिका-५ का ३२ वर्षीय ध्रुव थापा, मोरङको विराटनगर महनागरपालिका-२० का ३७ वर्षीय हेमराज साह, झापाको झापा गाउँपालिका-१ बेलैतिवारीका ३१ वर्षीय वरजहान श्रेष्ठ र बारहको कलैया उपमहानगरपालिका-२० बसतपुरका २३ वर्षिी रुस्तम मन्सुरी रहेको उदयपुर प्रहरीले जनाएको छ ।

    ध्रुव असार ४, हेमराज, वरजहान र रुस्तम तीनै जना असार १३ गते पक्राउ परेका हुन् । गुडनेस इशराल नामको फेसबुक आइडीबाट उदयपुरको कटारी नगरपालिका-४ की ३६ वर्षीया सरिता तामाङलाई साथी बनाइ एक लाख तीस हजार ६२७ रुपैयाँ ठगी गरेको आरोपमा उनीहरूलाई इलाका प्रहरी कार्यालय कटारीको टोलीले पक्राउ गरेको एसपी फुयाँलले जानकारी दिए ।

    विभिन्न व्यक्ति तथा निजहरूले खोलेको संस्थाको खातामा एक वर्षमा एक अर्ब नौ करोड एक लाख ४२ हजार ३९३ रुपैयाँ ट्रान्जेक्सन देखिएको अनुसन्धानबाट खुलेको छ । उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) साथै संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार