काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नी आमा गुमाउनुको पीडाप्रति समकक्षी रेनु दाहाललाई समवेदना प्रकट गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले समवेदना व्यक्त गरेका हुन् ।
बालेनले लेखेका छन्, ‘मेयर रेणु दाहालजीले ममतामयी आमा गुमाउनुको पीडाप्रति हार्दिक समवेदना प्रकट गर्दछु । सम्माननिय प्रधानमन्त्री समेत रहनु भएका तपाईंका पिताले सहयात्री, जिवनसंगी गुमाउनु भएको अवस्थामा तपाईंले परिवारमा अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु । साथै, स्वर्गीय सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।’
रेनु भरतपुर महानगरपालिकाकी मेयर पनि हुन् । बुधबार बिहान निधन भएकी सीताको आजै पशुपतिनाथ आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
Leave a Reply