Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • सीता दाहालको राजकीय सम्मानकासाथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय

    सीता दाहालको राजकीय सम्मानकासाथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 918
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई ‘राजकीय’सम्मानका साथ बिदाई गरिने भएको छ।

    बुधबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दाहाललाई राजकीय सम्मानका साथ बिदाई गर्ने निर्णय गरेको हो ।



    बैठकले दिवङ्गत दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मान स्वरुप नेपाली सेनाको टुकडीले अन्तिम सलामी दिने व्यवस्था मिलाउने निर्णय भएको छ।



    दाहालको ६९ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएकोप्रति आकस्मिक बैठकले गहिरो शोक प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ।

    बुधबार बिहान ८:३३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएकी दाहालको पशुपति आर्यघाटमा दिउँसो २ बजे दाहसंस्कार गरिने प्रचण्डको सचिवालयले जनाएको छ।

    दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार