Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादी पार्टी कार्यालयमा

    सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादी पार्टी कार्यालयमा

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 834
    SHARES

    काठमाडौं । नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की दिवंगत पत्नी सीता दाहालको पार्थीव शरीर पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।

    बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा राखिएको हो ।



    सीताको आज बिहान ८: ३३ बजे ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।



    उनको पार्थिव शरीरलाई दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ ।

    श्रद्धाञ्जलीपछि आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार