Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्रीलाई समवेदना दिन नर्भिकमा पुगे शीर्ष नेता

    प्रधानमन्त्रीलाई समवेदना दिन नर्भिकमा पुगे शीर्ष नेता

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 867
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनको खबरसँगै नर्भिक अस्पतालमा राजनीतिक दलका शीर्ष नेता पुग्ने क्रम जारी छ।

    प्रधानमन्त्री परिवारलाई समवेदना व्यक्त गर्न नेताहरू अस्पताल पुगेका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवा, पत्नी आरजु राणालगायत पुगेका छन्।



    प्रधानमन्त्री पुष्पकमल दाहाल परिवारलाई समवेदना व्यक्त गर्न नेताहरू अस्पताल पुगेका हुन् ।



    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि केही बेरअघि अस्पताल पुगेका छन्।

    नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि व्यवस्थामन्त्री रञ्जिता चौधरीलगायत शीर्षस्थ नेताहरूले अस्पतालमा पुगेर दुःख व्यक्त गरेका छन्। अरू नेताहरू पुग्ने क्रम जारी छ।

    उपचारकै क्रममा सीताको बुधबार बिहान ८ बजेर ३३ मिनेट जाँदा निधन भएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार