Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • वार्षिक १०० कामदार विदेश नपठाउने मेनपावर व्यवसायीको लाइसेन्स नवीकरण गर्ने सरकारको निर्णय

    वार्षिक १०० कामदार विदेश नपठाउने मेनपावर व्यवसायीको लाइसेन्स नवीकरण गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 759
    SHARES

    काठमाडौं । सरकारले वार्षिक एक सय जना कामदारलाई वैदेशिक रोजगारीमा पठाउन नसक्ने मेनपावर व्यवसायीको इजाजत (लाइसेन्स) नवीकरण गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को बैठकले बाधा अड्काउ फुकाउमार्फत वार्षिक १०० जना कामदार नपठाएकाहरूको इजाजत नवीकरण गर्ने निर्णय गरेको हो ।



    आज बसेको मन्त्रिपरिषद् बैठकले बाधा अड्काउ फुकाउमार्फत उनीहरूको इजाजत नवीकरण गर्ने निर्णय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले जानकारी दिए ।



    सरकारले निर्णय गरेसँगै नवीकरण गर्न रोकिएका २०० भन्दा बढी मेनपावर व्यवसायीको नवीकरणको बाटो खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार