Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • सेप्टिक ट्यांकीमा डुबेका बालकको मृत्यु

    सेप्टिक ट्यांकीमा डुबेका बालकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 780
    SHARES

    फाइल तस्विर

    झापा । ‘सानो साथी किन्डर गार्टेन’ नामक मन्टेश्वरी विद्यालयको शौचालयको सेप्टिक ट्यांकीमा डुबेका मेचीनगर नगरपालिका–१० का बालकको मंगलबार मृत्यु भएको छ।

    सेप्टिक ट्यांकीमा डुबेर सोमबार दिउँसो बेहोस भएका आठ वर्षीय तान्छोक लिम्बूलाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो। उपचारकै क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।



    जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीले उक्त विद्यालयका सञ्चालक तथा प्रिन्सिपल मनोज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको बताए। विद्यालयको लापरबाहीका कारण बालकको मृत्यु भएको वडा नम्बर–१० का वडाध्यक्ष नारायण खनालको भनाइ छ।



    विद्यालय भवन पछाडिको शौचालयको ढोका छेउमै सेप्टिक ट्यांकी रहेको र ट्यांकी माथिको प्वाल मक्किएको प्लाइउडको पाताले लापरबाहीपूर्वक छोपिएको कारण शौचालय जाने क्रममा बालक दुर्घटनामा परेको उनले बताए।

    हाल ६३ जना अध्ययनरत उक्त विद्यालय गुरूङले २०७० सालमा स्थापना गरेका हुन्। विद्यालयमा पिजी ९प्ले ग्रुप० देखि कक्षा १ सम्म पढाइ हुने गरेको छ। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार