काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाँचैजना विदेशी नागरिक एकै परिवारको भएको खुलेको छ ।
मंगलबार बिहान सोलुखुम्बुको लिखुपिकेमा मनाङ एयर हेलिकोप्टर दुर्घटना हुँदा चालकसहित ६ जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमध्ये पाँचजना मेक्सिकोका नागरिक थिए । उनीहरु सबै एकै परिवारका भएको हेलिकोप्टर सेवा प्रदायक संस्था एभरेष्ट एक्सपेरिअन्स एन्ड एसिस्टेन्सले जनाएको छ ।
मृत्यु हुने एकै परिवारका मेक्सिकोका नागरिकमा बाबु, आमा, दुई छोरी र एक छोरा रहेको बताइएको छ । मृत्यु हुनेमा सिफुइन्तेस जी. फर्नान्डो, गोन्जालेज अब्रिक, गोन्जालेज ओलासिओ लुज, सिफुइन्तेस जी. मारिया जोस र रिनकोन इस्माअल रहेका छन् ।
मृत्यु हुने मेक्सिकन नागरिकहरु एभरेष्ट एक्सपेरिअन्स एन्ड एसिस्टेन्समार्फत खुम्बु क्षेत्रको अवलोकन गर्न गएका थिए । उनीहरु चढेको हेलिकोप्टर फर्कने क्रममा दुर्घटनामा परेको बताइएको छ ।
Leave a Reply