Online Nepal
  • बुधबार, १० पुष २०८१
  • हेलिकोप्टर दुर्घटनाबारे छानबिन गर्न सरकारद्वारा समिति गठन

    हेलिकोप्टर दुर्घटनाबारे छानबिन गर्न सरकारद्वारा समिति गठन

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 906
    SHARES

    काठमाडौं । सरकारले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाको छानविन गर्न समिति बनाउने निर्णय गरेको छ।

    सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुख व्यक्त गर्दै दुर्घटनाको छानविन गर्न समिति बनाएको हो ।



    पर्यटन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा छानविन समिति गठन गरिएको छ । मंगलबार भएको हेलिकप्टर दुर्घटना पाइलट सहित त्यसमा सवार ६ जनाकै मृत्यु भएको थियो ।



    त्यस्तै, बैठकले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ ।

    चैत २० गते सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो भने वैशाख १७ गते नै धनुषाको जनकपुरधाममा कार्यालय स्थापना गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार