Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • त्रिभुवन आर्मी एफसीले भारतमा डुरान्ड कप फुटबल खेल्दै

    त्रिभुवन आर्मी एफसीले भारतमा डुरान्ड कप फुटबल खेल्दै

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 999
    SHARES

    काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा हुने एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिताको रुपमा रहेको डुरान्ड कप फुटबल प्रतियोगिता खेल्ने भएको छ ।

    डुरान्ड कपमा २७ वर्षपछि विदेशी क्लब सहभागी हुँदा नेपालबाट आर्मीले खेल्न लागेको हो । प्रतियोगितामा भुटान र बंगलादेशका एक-एक टिम पनि सहभागी रहने छन् ।



    डुरान्ड फुटबल टुर्नामेन्ट सोसाइटी र भारतीय फुटबल महासंघको आयोजनामा हुने प्रतियोगितामा इन्डियन सुपर लिग , आई लिगका क्लबहरुसहित कूल २४ टिमले प्रतिस्पर्धा गर्नेछन् ।



    आर्मी रहेको समूह आईएसएल क्लब हैदरावाद एफसी र चेन्नाइयीन एफसी तथा आई लिगको दिल्ली एफसी रहेको जनाईएको छ ।

    आगामी अगष्ट ३ देखि सेप्टेम्बर ३ सम्म कोलकतामा आयोजना हुने खेलमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेर खेलाइनेछ । प्रतियोगिताको विजेताले ६३ हजार अमेरिकी डलर पुरस्कार पाउने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार