Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • अनुभवी पाइलट चेतबहादुर गुरुङले उडाएका थिए मनाङ एयरको हेलिकप्टर

    अनुभवी पाइलट चेतबहादुर गुरुङले उडाएका थिए मनाङ एयरको हेलिकप्टर

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 2.7K
    SHARES

    काठमाडौं । मनाङ एयरको एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् ।

    सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो । लाम्जुरापास क्षेत्रको लिखु पिके गाउँपालिका९५ मा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको हो ।



    मंगलबार बिहान सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लामजुरामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर क्याप्टेन चेतबहादुर गुरुङले उडाए थिए ।



    उनीसँगै हेलिकप्टरमा सवार मेक्सिकोका नागरिकहरू फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेसको पनि मृत्यु भएको छ।

    चेतबहादुर गुरूङ मनाङ एयरका सिनियर पाइलट हुन्। गुरूङले सोमबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ बजे पाँच जना मेक्सिकनलाई लुक्ला लगेर गएका थिए।

    गुरुङ निकै अनुभवी पाइलट हुन् । पछिल्लो १० वर्ष यता भने गुरुङ मनाङ एयरमा आबद्ध थिए । उनी ५४ वर्ष भएको जनाइएको छ । मनाङ एयरको हेलिकप्टर उडाउनुअघि उनले रूस र अफगानिस्थानमा समेत हेलिकप्टर उडाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार