Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

    मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 606
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

    प्रधानमन्त्री प्रचण्डले मंगलबार भएको दुर्घटनामा परी मृत्यु भएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका हुन् ।



    साथै उनले शीघ्र र प्रभावकारी उद्धारका लागि नेपाल सरकारका सम्बन्धित संयन्त्रलाई निर्देशन समेत दिएका छन् ।



    मंगलबार सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको थियो। बिहान १० बजेर ५ मिनेटमा सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको एनए–एमभी कलसाइन रहेको हेलिकोप्टर दुर्घटनामा परेको हो।

    दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको हो ।

    हेलिकप्टर दुर्घटनाका कारण खुलेको छैन । अहिले अल्टिच्यूड एयरको अर्को हेलिकप्टर दुर्घटनास्थलमा अवतरण गरेको छ । प्रहरी र उद्धारकर्मीले उद्धारको काम जारी राखेका छन् ।

    हेलिकप्टरमा आगो लागेका कारण मृतकको पहिचान खुलेको छैन । मनाङ एयरको हेलिकप्टरमा ५ जना मेक्सिकन यात्रु सवार थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार