Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • मनाङ एयर हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु, एक जना बेपत्ता

    मनाङ एयर हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु, एक जना बेपत्ता

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । मनाङ एयरको एनए–एमभी’ कलसाइनको हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।

    मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको हो ।



    दुर्घटनास्थलमा ५ जनाको शव फेला परेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मंगलबार बिहान सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको जहाज लामजुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।



    हेलिकप्टर दुर्घटनाका कारण खुलेको छैन । अहिले अल्टिच्यूड एयरको अर्को हेलिकप्टर दुर्घटनास्थलमा अवतरण गरेको छ । प्रहरी र उद्धारकर्मीले उद्धारको काम जारी राखेका छन् ।

    हेलिकप्टरमा आगो लागेका कारण मृतकको पहिचान खुलेको छैन । मनाङ एयरको हेलिकप्टरमा ५ जना मेक्सिकन यात्रु सवार थिए । लाम्जुरामा भएको दुर्घटना स्थल ३६ सय ३४ मिटरको उचाइमा रहेको छ । स्थानीयले बेपत्ताको खोजी गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार