काठमाडौं । लुक्लाबाट काठमाडौं फर्किएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बु लिखुपिके गाउँपालिका वडा नम्बर ५ भक्कानेस्थित लाम्जुरापास चिहानडाँडामा भेटिएको छ ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो ।
मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।
आज बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो। हेलिकप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्ने थियो। हेलिकप्टरमा पाँच जना विदेशी र एक जना नेपाली छन्।
Leave a Reply