Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • सडक धुलाम्य भएपछि वीपी राजमार्गमा स्थानीयको अवरोध

    सडक धुलाम्य भएपछि वीपी राजमार्गमा स्थानीयको अवरोध

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 585
    SHARES

    फाइल तस्विर

    काभ्रे । वीपी राजमार्ग धुलिखेल सडकखण्डको सुन्दर बस्तीमा स्थानीयले अवरोध गरेका छन् ।

    सडक धुलाम्य भएकाले सुधार गर्न स्थानीय तहसँग समस्या सुनाउँदा पनि एक्सन नलिएपछि धुलिखेलका स्थानीयले वीपी राजमार्गमा अवरोध गरेका हुन्।



    भएको पिच सडक भत्काएर धुलोले अचाक्ली गरेपछि बाँध्य भएर सडक अवरोध गरेको स्थानीयको गुनासो छ। वीपी राजमार्ग अन्तर्गत धुलिखेल बतासे डाडाखण्डमा बाटो निर्माणकार्यमा ठेकेदारको चरम गैर जिम्मेवारी पनमा स्थानीय तह धुलिखेल नगरपालिकाले वेवास्ता गरेको आरोप स्थानीयको छ।



    पटक पटक ठेकेदार र स्थानीय जनप्रतिनिधिलाई जानकारी गराउँदा कानमा तेल हालेर बसेपछि बाध्य भएर सडक अवरुद्ध पार्नु परेको उनीहरुको भनाई छ।

    राम्रो पिच भत्काएर समयमा बाटो निर्माण नभएको र धुलो कम गराउनको लागि पानी हाल्ने व्यवस्था नभएको भन्दै स्थानीयहरु सडकमा जम्मा भएर यातायात अवरुद्ध गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार