Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • झापामा ३५ वर्षीय युवकले गरे आत्मदाह, थिए डिप्रेसनका विरामी !

    झापामा ३५ वर्षीय युवकले गरे आत्मदाह, थिए डिप्रेसनका विरामी !

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    झापा । झापामा एक युवकले मंगलबार बिहान आत्मदाह गरेका छन् ।

    जिल्लाको गौरादह नगरपालिका वडा नं १ का ३५ वर्षीय रोहन साहले घरको आफू सुतेकै कोठामा शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन् ।



    जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार उनी विगत दुई तीन वर्षदेखि डिप्रेसनका विरामी रहेका थिए । उनकी श्रीमती कामको सिलसिलामा विराटनगरमा भएका बेला साहले आत्मदाह गरेको बताइएको छ ।



    सुत्ने कोठामा डढेको अवस्थामा प्लास्टिकको जर्किन भेटिएको र उक्त जर्किनमा कुन तरल पदार्थ थियो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ । घटनाको प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार