काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसन (एनडिआरसी) का उपाध्यक्ष छोङ्ग लियाङ्गबिच भेटवार्ता भएको छ ।
उनीहरुबीच चीनको वेइजिङ्गस्थित एनडिआरसीको कार्यालयमा भेटवार्ता भएको हो ।
उक्त भेटवार्ताका क्रममा योजना आयोग र एनडिआरसीका बीचमा सन् २०१८ र २०१९ मा भएका सम्झौताहरू अनुसारका कार्यक्रमहरू मध्ये सम्पन्न हुन बाँकी कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाउने समझदारी भएको छ ।
त्यस क्रममा नेपाल र चीन सरकारको तर्फबाट गर्नुपर्ने कामका बारेमा विस्तृत रूपमा छलफल भएको बताइएको छ ।
Leave a Reply