एजेन्सी । भारतले फ्रान्सबाट २६ वटा राफेल लडाकु विमान र तीन स्कोर्पेन पनडुब्बी खरिद गर्ने तयारी गरेको छ ।
रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार लडाकु विमान र पनडुब्बी खरिदको घोषणा यसै साता हुन लागेको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीको फ्रान्स भ्रमणको क्रममा हुने सम्भावना छ ।
देशले सामना गर्नुपरेका सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै भारतीय नौसेनाले विमान र पनडुब्बी खरिदका निम्ति सरकारलाई निरन्तर दबाब दिँदै आएको थियो।
Leave a Reply