Online Nepal
  • शनिबार, २४ कार्तिक २०८१
  • ललितानिवास जग्गा प्रकरण : सचिव राउतलाई दुई दिन थुनामा राख्न अनुमति

    ललितानिवास जग्गा प्रकरण : सचिव राउतलाई दुई दिन थुनामा राख्न अनुमति

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

    आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेका सचिव राउतलाई सोमबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो । अदालतले उनलाई आइतबार र सोमबार हिरासतमा राख्न अनुमति दिएको हो।



    राउतलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । ०६७ सालमा उनी शाखा अधिकृतका रूपमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा कार्यरत थिए ।



    त्यति वेला बालुवाटारस्थित विशिष्ट व्यक्तिको निवास विस्तारको नाममा ललिता निवास परिसरको जग्गा हिनामिना भएको थियो । त्यससम्बन्धी विषयमा उनले नै टिप्पणी लेखेको आधारमा सिआइबीले पक्राउ गरेको हो । पक्राउ परेसँगै उनी निलम्बनमा परेका छन् ।

    यस्तै आइतबार नै पक्राउ परेका पूर्व नापी अधिकृत ध्रुव अर्याल र समर्जङ कम्पनीका पूर्व प्रमुख लोकहरी घिमिरेलाई पनि दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनीहरुलाई पनि अदालत बुझाइएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार