Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि पदमा बस्दिनँ : प्रधानमन्त्री प्रचण्ड

    मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि पदमा बस्दिनँ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 696
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो विवादित अभिव्यक्तिका विषयमा संसदमा प्रष्टीकरण दिएका छन् ।

    सरदार प्रितम सिंहको पुस्तक विमोचनको क्रममा दिएको अभिव्यक्तिको विषयमा सोमवार संसदमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले कसैले भनेर राजीनामा नगर्ने तर आफ्नो आत्माले भन्यो भने एक मिनेट पनि पदमा नबस्ने बताए।



    आफ्नो केही दिन पहिलाको अभिव्यक्तिलाई लिएर राप्रपा सांसद राजेन्द्र लिङदेनले नैतिकता भए राजीनामा गर्न दिएको सुझावको जवाफ दिँदै प्रचण्डले अरुले भनेर राजीनामा नदिने बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘नैतिकताको कुरा भन्नुभयो, ठिक छ । नैतिकताको आधारमा कसले कति गर्‍यो भनेर विगत हेर्नुभयो भने हुन्छ । हुन त माननीय राजेन्द्रजीको भर्खर दुई कार्यकाल भयोक्यारे तपाईँको । पहिलापहिलाको हेर्नुभयो भने दुईदुई पटक मैले प्रधानमन्त्रीबाट राजीनामा दिँदा तपाईँले पढ्नुभएको छ ? कस्तो परिस्थितिमा दिएँ, के आधारमा दिएँ ? छातीमा हात राखेर त्यसमा पनि गहिरोसँग विचार गर्न नैतिकता कसले देखायो, कसले देखाएन ?’

    प्रधानमन्त्री प्रचण्डले लिङ्देनलाई पहिलाको आफ्नो कार्यकालको हेर्न सुझाव दिए । उनले विगतमा आफूले दुवै पटक नैतिकताको धरातलमा टेकेर नै राजीनामा दिएको दाबी गरे ।

    उनले अहिले पनि आफ्नो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि पदमा नबस्ने बताए । प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षले राजीनामा माग्ने बित्तिकै राजीनामा दिनुपर्ने संस्कार बसाउन नहुन आग्रह पनि गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार