Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – बोल्छु भन्दा पनि किन तीन दिनसम्म संसद अवरुद्ध गरियो बुझ्न सकेको छैन

    प्रधानमन्त्री प्रचण्डले भने – बोल्छु भन्दा पनि किन तीन दिनसम्म संसद अवरुद्ध गरियो बुझ्न सकेको छैन

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 816
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन दिनसम्म संसद किन अवरुद्ध गरियो भन्नेबारे आफूले बुझ्न नसकेको बताएका छन् ।

    सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई संसदमा कुरा राख्ने नदिएर संसद किन अवरुद्ध गरियो भन्नेबारे बुझ्न नसकेको बताएका हुन् ।



    प्रधानमन्त्रीले भने,’तीन दिनसम्म किन संसद् अवरोध गरियो, मैले बुझ्न सकेको छैन।’



    उनले प्रतिपक्षीले राजीनामा माग्दैमा राजीनामा दिनुपर्ने हो र भन्दै प्रश्न गरे । एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गरेको थियो ।

    संसद अवरुद्ध गरेर स्पष्टीकरण दिने मौकासमेत आफूलाई नदिइएको भन्दै प्रधानमन्त्री प्रचण्डले गुनासो गरे । उनले आफू भावनात्मक मान्छे भएको भन्दै प्रितम सिंहको किताव विमोचन कार्यक्रममा आफूले देशलाई हानि हुने गरी कुनै कुरा नगरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार