Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • वैदेशिक रोजगारीबाट घर फर्कने श्रमिकलाई प्रयोग गरेर सुन तस्करी, १२ जना पक्राउ

    वैदेशिक रोजगारीबाट घर फर्कने श्रमिकलाई प्रयोग गरेर सुन तस्करी, १२ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुन तस्करी गराएको आरोपमा १२ लाई पक्राउ गरेको छ ।

    वैदेशिक रोजगारीबाट फर्कनेहरुलाई भरिया बनाएर सुन तस्करी गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।



    पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–५ का २५ वर्षीय रामदेव महरा, सिरहाको सिरहा नगरपालिका–१७ का २४ वर्षीय धर्मदेव यादव, कपिलवस्तुको सुद्धोधन नगरपालिका–६ का २३ वर्षीय धर्मप्रसाद मुराउ रहेका छन् ।



    यस्तै, धनुषाको जनकपुरधाम–५ का ३४ वर्षीय पिधी पञ्जियार, बाँकेको राप्ती सोनारी ५ का ३६ वर्षीय लालबहादुर वली, सप्तरीको बलामबिहु–२ का २७ वर्षीय किसुनलाल साहु तेली, सोही नगरपालिका–१ का ३५ वर्षीय विनोदकुमार शाह र सोही नगरपालिका–६ का २२ वर्षीय आशाराम यादवलाई पनि प्रहरीले पक्राउ गरी सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।

    सप्तरीको बोदिबर्साइन–१ का २८ वर्षीय रामेश्वर शाह, सिरहाको लहान–४ का लेलेन्द्रकुमार राउत, सिरहाको धनगढी–३ का २३ वर्षीय देवनारायण यादव, सर्लाही बरहथवाका ५६ वर्षीय गुमिक शाहलाई प्रहरीले सार्वजनिक गरेको छ ।

    आइतबार नेपाल एयरलाइन्स र कतार एयरलाइन्सबाट आएका ५ जना नेपाली कामदारलाई विमानस्थलबाहिरबाट नियन्त्रणमा लिइएको छ । उनीहरुले जनही ५८ ग्राम बराबरको सिक्री लुकाएर नेपाल भित्र्याएका थिए ।त्यसरी भित्र्याइएको सिक्री त्रिभुवन विमानस्थलबाहिर रहेको होटल हिमालयन स्पायरका सन्चालक दम्पतीलाई दिने गरेको पाइएको छ ।

    प्रहरी अनुसन्धानमा कतारमा रहेको गिरोहले भरिया बनेर नेपाल आउन लागेका कामदारको तस्बिर हिमालयन स्पायरका सञ्चालक दम्पती सप्तरीको बलानबिहुल गाउँपालिका-२ का २८ वर्षीय विनोद कुमार शाह र उनकी श्रीमती सन्जु कुमारी शाह तेलीको मोबाइलमा पठाउने गरेको खुलेको छ ।

    प्रहरीका अनुसार विनोदको बैंक खातामा मात्र ४१ करोड ५४ लाख ७६ हजार ८६९ रुपैयाँ बराबरको कारोबार भएको पाइएको छ । यस्तै, सन्जुको बैंक खातामा २ करोड १० लाख २७ हजार ४ सय ९७ रुपैयाँ कारोबार भएको पाइएको छ ।

    प्रहरीका अनुसार शाह दम्पतीले काठमाडौंमा बिक्री भएको सुनको पैसा शिवसुन्दर राउतको खातामा पठाउने गरेको र बाँकी सुन राउतले भनेका व्यक्तिलाई पठाउने गरेका थिए । प्रहरीले सिराहाको लाहान-४ का राउतलाई पनि पक्राउ गरेको छ ।

    राउतले रितेस जनरल स्टोर्स नामक कम्पनी सन्चालन गर्दै आएका छन् । उक्त कम्पनीको खातामा एक अर्ब ८१ करोड ५७ लाख १९ हजार ५७ रुपैयाँ र राउतको व्यक्तिगत खातामा १२ करोड ११ लाख ४२ हजार ४०८ रुपैयाँ कारोबार भएको देखिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार