Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले संसद्‌ बैठकमा सम्बोधन गर्ने

    प्रधानमन्त्री प्रचण्डले संसद्‌ बैठकमा सम्बोधन गर्ने

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 741
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा सम्बोधन गर्ने बताएका छन् । आफ्नो अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलहरुले राजीनामा मागेपछि प्रधानमन्त्रीले संसदमा जवाफ दिन लागेका हुन्।

    केहिबेर अघि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलपछि बाहिरिँदै गर्दा उनले आजै बस्न लागेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने बताए ।



    संसद्को अवरोध खोल्नेबारे प्रधानमन्त्रीको कार्यालयमामा भएको तीन जनाबीच छलफलमा संसद्को अवरोध हटाउन एमाले तयार देखिएको छ। तर, यसबारे आधिकारिक निर्णय गर्न एमालेले संसद् भवनमा अहिले संसदीय दलको बैठक समेत बोलाएको छ।



    प्रमुख दलका शीर्ष नेताहरूबीच आइतबार पनि छलफल भएको थियो। सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने र एमाले अवरोध हटाउन तयार हुने सहमति भए पनि संसद् भवन पुगेपछि बिथोलिएको थियो।

    प्रधानमन्त्री दाहालले असार १८ गते एक कार्यक्रममा दिएको अभिव्यक्तिको विरोध गर्दै एमालेले संघीय संसद्को दुवै सदनमा अवरोध गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार