Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • शीर्ष तीन नेताहरुबीचको बैठक सकियो, संसद्को अवरोध हटाउन एमाले तयार

    शीर्ष तीन नेताहरुबीचको बैठक सकियो, संसद्को अवरोध हटाउन एमाले तयार

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 852
    SHARES

    काठमाडौं । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीचको बैठक सकिएको छ ।

    संसद्को अवरोध खोल्नेबारे प्रधानमन्त्रीको कार्यालयमामा तीन जनाबीच छलफल सकिएको हो । संघीय संसद्को अवरोध हटाउन एमाले तयार देखिएको छ। प्रमुख दलका शीर्ष नेताहरूबीच आइतबार पनि छलफल भएको थियो।



    सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने र एमाले अवरोध हटाउन तयार हुने सहमति भए पनि संसद् भवन पुगेपछि बिथोलिएको थियो। छलफल सकेर कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली सँगै बाहिरिएका थिए ।



    प्रतिनिधिसभाको आजको ३ बजे डाकिएको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार