Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • मूल्यवृद्धि ६.८३ प्रतिशतमा सीमित, सबैभन्दा बढी महँगी काठमाडौंमा

    मूल्यवृद्धि ६.८३ प्रतिशतमा सीमित, सबैभन्दा बढी महँगी काठमाडौंमा

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 666
    SHARES

    फाइल तस्विर

    काठमाडौं । चालू आर्थिक वर्ष सकिनै लाग्दा जेठ महिनामा मूल्यवृद्धि ओरालो लागेको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार जेठ महिनामा मूल्य वृद्धि अर्थात् उपभोक्ता मुद्रास्फीति झण्डै २ प्रतिशतले घटेर ६.८३ प्रतिशतमा झरेको हो । यसअघि गत वर्षको सोही अवधिमा उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत रहेको थियो ।



    समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.७६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।



    जेठमा काठमाडौं उपत्यकामा ७.१९ प्रतिशत, तराईमा ६.९३ प्रतिशत, पहाडमा ६.२८ प्रतिशत र हिमालमा ६.३९ प्रतिशत मुद्रास्फीति रहेको छ ।

    २०७९ जेठ महिनामा यी क्षेत्रहरुमा क्रमशः ८.३२ प्रतिशत, ८.२९ प्रतिशत, ९.२८ प्रतिशत र ८.९२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार