काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.९९ अंकले बढेको छ । यससँगै सूचक २०८१.७५ विन्दुमा आएको छ ।
२१ लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१ कम्पनीको ३६ सय ५० कित्ता सेयर कारोबार भएको छ ।
कुल ४२ वटा कारोबार भएको छ । १० कम्पनीको भाउ बढ्दा ६ वटाको भने मूल्य घटेको छ ।
बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।
Leave a Reply