काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले सरकारले घोषणा गरेको पुरस्कार बापतको रकम छिट्टै पाउने बताएका छन् ।
श्रीलंकामा आयोजना हुन लागेको एसीसी इमर्जिङ टिम्स एसिया कप २०२३ मा सहभागी नेपाली क्रिकेट टोलीलाई विदाई गर्ने कार्यक्रममा बोल्दै खेलकुदमन्त्री लिम्बुले यस्तो बताएका हुन् ।
खेलकुदमन्त्री लिम्बुले भने,‘ म आएको दुई महिना भयो । मैले खेलाडीलाई पुरस्कार दिने कुराको फाइल खोतलेको थिए । अर्थ मन्त्रालयमा पुगेको छ । एक थोपा सहयोग भएपनि मन्त्रीको तर्फबाट पाउँछ । सरकारको तर्फबाट होस भन्ने चाहन्छु । प्रधानमन्त्रीज्यूले बोलेको कुरा पुयाउने जिम्मा त मैले पुरा गर्नुपर्यो नि ।’
खेलकुदमन्त्री लिम्बुले नेपाली क्रिकेट टोलीले घोषणा गरेको पुरस्कार बापतको रकम छिट्टै पाउने आश्वासन दिए।
नेपाली खेलाडीले प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार नपाएको गुनासो गरेपछि खेलकुदमन्त्री लिम्बुले रकम दिनेसम्बन्धी फाइल अर्थमन्त्रालयमा पुगेको बताए ।
Leave a Reply