काठमाडौं । राष्ट्रिय सभाको आज सोमबारका लागि बोलाइएको बैठक मंगलबारका लागि सरेको छ ।
राष्ट्रिय सभा अध्यक्षको सचिवालयका अनुसार सोमबार ११ बजेर १ मा बस्ने गरी बोलाएको बैठक विशेष कारणले भोली मंगलबार ११ः०१ मा बस्ने गरी समय परिवर्तन भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ ।
आइतबार सदन खुलाउन एमाले अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति गरे पनि सहमति भएको आधा घण्टामै तोडिएको थियो ।
Leave a Reply