Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • आज भारी वर्षाको सम्भावना

    आज भारी वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • शनिबार, ३ साउन २०७७
  • 1.7K
    SHARES

    काठमााडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ। साथै मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर अवस्थित छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम प्रदेश बाहेक अन्य प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    अहिले देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइहेको छ। आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।



    आगामी २४ घण्टामा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। विभागका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थान र प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार