Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • रकम लुटेको आरोपमा वडाध्यक्ष विष्ट पक्राउ

    रकम लुटेको आरोपमा वडाध्यक्ष विष्ट पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 1.3K
    SHARES

    संकेतिक तस्विर

    सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन्।

    प्रहरीले वडाध्यक्ष विष्टलाई उपभोक्त समितिबाट रकम लुटेको आरोपमा पक्राउ गरेको हो ।



    बिहीबार वडाध्यक्ष विष्टसहित ३ जनाले एउटा उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटेर फरार भएको उजुरी प्रहरीमा परेको थियो ।



    वडाध्यक्ष विष्ट, सुशील गुरुङ, बलिराज शाहीले खोर्केखोला तटबन्ध उपभोक्ता समितिको रकम धम्क्याएर लगेको उजुरीमा उल्लेख छ।

    बिहीबार दिउँसो ३ बजेतिर टोल समिति अध्यक्षको घरबाट उनीहरुले रकम लिएका हुन्। उनले साढे ६ लाख रुपैयाँ लुटेको आरोप उपभोक्ता समितिले लगाएको छ।

    वडाभित्र पर्ने खोर्के खोलामा तटबन्धन बनाउने उपभोक्ता समितिबाट गत बिहीबार रकम लुटेर लिएको आरोप उनीमाथि छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार