Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • बनारसमा नेपाली युवाको कपाल मुण्डन गर्ने दुईजना पक्राउ

    बनारसमा नेपाली युवाको कपाल मुण्डन गर्ने दुईजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । भारतको बनारसमा एकजना नेपाली युवाको जवर्जस्ती कपाल मुण्डन गरी जय श्री राम लेख्न लगाउने र प्रधानमन्त्रीको विरोध गर्न लगाउने कार्यमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

    भारतीय विश्‍व हिन्दू सेनाका कार्यकर्ताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र बनारसमा काम गर्न गएका एक नेपालीको जबरजस्ती कपाल मुण्डन गरेर जय श्रीराम लेखेका थिए।



    यो घटनालाई लिएर कूटनीतिक माध्यमबाट नेपालले गम्भीर आपत्ति जनाएको थियो। भारतस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा यसबारे आपत्ति जनाएपछि प्रहरीले चासो देखाएको थियो ।



    त्यसक्रममा दुईजनालाई पक्राउ गरिएको वाराणसी प्रहरीका एसएसपी अमित पाठकले शुक्रबार जानकारी दिएका छन्। पाठकका अनुसार नेपालीको केस मुण्डन र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजीमा संलग्‍न दुईजनालाई पक्राउ गरिएको छ।

    पक्राउ पर्नेहरुमा वाराणसीमा विश्‍व हिन्दु अभियानसँग जोडिएका दुई युवा सन्तोष पाण्डेय र अरुण पाठक रहेका छन्। उनीहरुमध्ये पाण्डेयले नेपालीमाथिको ज्यादतीका क्रममा भिडियो खिचेका थिए भने पाठकले फेसबुकमा अपलोड गरेका थिए। पाठक विश्‍व हिन्दु सेनामा कार्यरत रहेका खुलेको छ।

    विश्‍व हिन्दु सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्योध्या नेपालमा भएको र भगवान राम पनि नेपालमै जन्मेको भनेर दिएको अभिव्यक्ति फिर्ता नलिए कडा रुपमा उत्रने चेतावनी समेत दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार