Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • संसद बैठक सुचारु गर्न शीर्ष नेताहरुबीच जुट्यो सहमति, प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउने

    संसद बैठक सुचारु गर्न शीर्ष नेताहरुबीच जुट्यो सहमति, प्रधानमन्त्रीले अभिव्यक्ति सच्याउने

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 678
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संसद्को अवरोध हटाउने विषयमा समझदारी बनेको छ ।

    आइतबार बिहान प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले विपक्षी दलका नेता ओलीसँग छलफल गरेपछि संसद् अवरोध खुल्ने भएको हो ।



    प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउँदै माफी माग्ने सहमतिपछि एमालेले सदनको गतिरोध हटाउने भएको छ । सिंहदरबारमा बसेको बैठकमा सदन सुचारु गर्न दिने सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरिले बताए।



    प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ ।

    प्रधानमन्त्रीको राजीनामा माग गर्दै एमालेले बुधबारबाट संसद् अवरुद्ध गर्दै आएको थियो । प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले राजीनामा माग गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार