Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • एमालेको अवरोधका कारण राष्ट्रियसभाको बैठक भोलिका लागि सर्‍यो

    एमालेको अवरोधका कारण राष्ट्रियसभाको बैठक भोलिका लागि सर्‍यो

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 783
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण राष्ट्रियसभा बैठकमा स्थगित भएको छ ।

    आइतबार पनि एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै अवरोध जारी राखेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको हो ।



    राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको अर्को बैठक सोमबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरि स्थगित गरेका हुन् ।



    यसअघि बैठकको सुरुमा बोल्दै एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिएसम्म बैठकको कारबाही अघि बढाउन नदिने चेतावनी दिइन् ।

    एमालेले पछिल्लो समय प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै दुवै सदनमा अवरोध गर्दै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार