काठमाडौं । समाजवादी मोर्चाको पहिलो बैठक शनिबार बस्दैछ । मोर्चामा आवद्धमध्ये एक दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार दिउँसो बस्ने गरी बैठक आह्वान गरिएको हो ।
मोर्चामा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेकपा रहेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्रीको राजीनामा मागिरहेका बेला समाजवादी मोर्चाको बैठक बस्दैछ । बैठकले आगामी रणनीति तय गर्ने देखिन्छ ।
यही सोमबार प्रधानमन्त्री पदलाई भारतसँग जोडेर विवादित अभिव्यक्ति दिएपछि नेकपा एमालेसहितका प्रतिपक्षी दलहरुले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरिरहेका छन् ।
यही विवादका कारण शुक्रबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक पनि बस्दै नबसी दुई दिनलाई स्थगित भएको छ ।
Leave a Reply