एजेन्सी । प्रवर्तन निर्देशनालयले शुक्रबार दिल्लीका पूर्वउपमुख्यमन्त्री मनिष सिसोदियासहित अन्यको सम्पत्ति अस्थायी रूपमा जफत गरेको छ ।
प्रवर्तन निर्देशनालयले मनिष सिसोदिया, अमनदीप सिंह ढल, राजेश जोशी, गौतम मल्होत्रा र केहि अन्य व्यक्तिहरूले दिल्ली रक्सी घोटाला मामिलामा करिब ५२.२४ करोड भारतीय रुपैयाँको सम्पत्ति जफत गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो ।
निर्देशनालयका अनुसार यस मामिलामा अहिलेसम्म १२८.७८ करोड रुपैयाँको सम्पत्ति र अन्य चीजहरू जफत गरिएको छ।
यता आम आदमी पार्टीले भने निर्देशनालयसँग सिसोदियाको विरुद्ध कुनै प्रमाण नभएकाले उनीहरूले उनको दुईवटा सम्पत्ति जफत गरेको आरोप लगाएको छ ।
Leave a Reply