काठमाडौं । नेपालको विषयमा अनर्गल प्रचार गर्न थालेपछि स्वःनिर्णय गर्दै भारतीय टेलिभिजनको प्रशारण बन्द गरेका डिजिटल टीभी अपरेटरहरु संगठित भएका छन् ।
भारती न्यूज च्यानलहरुले नेपाल र प्रधानमन्त्रीका विषयमा अनर्गल प्रचार गर्न थालेपछि सेवा बन्द भएपनि संगठित नहुँदा केही अलमल भएको मल्टि सिस्टम अपरेटर (एमएसओ) अध्यक्ष सुदिप आचार्यले बताए ।
अहिले नेपालमा जी न्युज, आजतक लगायतका समाचार च्यानलहरुको प्रशारण बन्द रहेको छ । सेवा प्रदायकहरु अब डिजिटल टिभी अपरेटर एसोशिएसन अफ नेपाल मार्फत एकजुट भएर हुने भएका हुन् ।
Leave a Reply