काठमाडौं । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले समायोजनमा जान नेपाल प्रहरी तयार रहेको बताएका छन् ।
शुक्रबार नेपाल प्रहरीको कार्ययोजना २०८० र तीन महिनाको उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै आईजीपी कुँवरले सो कुरा बताएका हुन् ।
उनले नेपाल प्रहरीले राज्यको निर्देशनको कार्यान्वयन गर्ने बताए । प्रदेशबाट पनि यस विषयमा प्रेसर परेको भन्दै उनले प्रहरी प्रधान कार्यालयले समायोजनमा जानको लागि आफ्नो तयारी समेत गरिरहेको बताए ।
यस्तै प्रचलित कानुनको अधिनमा रही मुलुकभर सुदृढ शान्ति-सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यवसायिक सुदृढिकरण गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने सन्दर्भमा तयार गरिएको नेपाल प्रहरीको कार्ययोजना-२०८० सार्वजनिक गरिएको छ ।
Leave a Reply