Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नेपालमा ५ हजार ८७१ कोरोनाको ‘एक्टिभ केस’: स्वास्थ्य मन्त्रालय

    नेपालमा ५ हजार ८७१ कोरोनाको ‘एक्टिभ केस’: स्वास्थ्य मन्त्रालय

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना संक्रमण भएपछि नेपालमा कुल संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ । तर अहिले ५ हजार ८ सय ७१ जना मात्र कोरोनाको एक्टिभ केस रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    शुक्रबार थप २८५ जना कोरोना संक्रमणमुक्त भएसँगै अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ५३४ पुगेको छ । हालसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा उपचाररत रहेका छन् । जहाँ २ हजार ३ सय ३८ जना रहेका छन् । भने सबैभन्दा कम प्रदेश नं १ मा रहेका छन् । जहाँ ७१ जना कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।



    यस्तै प्रदेश नं १ मा ७१ जना, प्रदेश नं २ मा १ हजार ८ सय ८६ , बाग्मती प्रदेशमा ४ सय १९, गण्डकी प्रदेशमा ४ सय ६, प्रदेश नं ५ मा ४ सय ३३, कर्णाली प्रदेशमा ३ सय ८ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ३८ जना आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार