Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • विद्यार्थी बाहिरिने परिस्थिति विश्वविद्यालयहरूले रोक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    विद्यार्थी बाहिरिने परिस्थिति विश्वविद्यालयहरूले रोक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 549
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षाका लागि वर्षेनि लाखौँ विद्यार्थी बाहिरिने परिस्थिति रोकेर मात्र विश्वविद्यालयहरूले आफ्नो औचित्य पुष्टि गर्नसक्ने बताएका छन् ।

    पोखरा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्रीले बिहीबार पोखरा विश्वविद्यालयको सिनेट बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले विदेशमा अध्यययन गर्न जाने विद्यार्थीको अस्वाभाविक आकर्षण बढेको विषयलाई नेपालका विश्वविद्यालयहरूले गम्भीर समीक्षा गर्न जरुरी रहेको बताए ।



    उनले भने, ‘पछिल्लो समय नेपाली विद्यार्थीहरूमा विदेशमा अध्यययन गर्न जाने अस्वाभाविक आकर्षण बढेको छ। यस विषयलाई नेपालका विश्वविद्यालयहरूले गम्भीर समीक्षा गर्न जरुरी छ।’

    संघीय शिक्षा ऐन छिटो पारित गर्न सरकारले उच्च प्राथमिकता दिएकोसमेत प्रधानमन्त्रीले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार