Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्री प्रचण्डले संसद्‍मा स्पष्टीकरण दिने

    विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्री प्रचण्डले संसद्‍मा स्पष्टीकरण दिने

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 672
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवादास्पद अभिव्यक्तिबारे संसदमा स्पष्टीकरण दिने भएका छन् ।

    सत्ता गठबन्धनको बिहीबार बिहान बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने र संसद्‍मा आफ्ना कुरा राख्नुपर्ने निष्कर्ष निकालेको हो ।



    केही दिन पहिले प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिएका थिए ।



    यो भनाइलाई लिएर नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेर संसद बैठक अवरुद्ध गर्दै आएको छ । माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले प्रधानमन्त्री प्रचण्डले संसद्‍मा आफ्नो अभिव्यक्तिबारे प्रस्ट पार्ने समझदारी बनेको बताए ।

    नेपालमा पहिलोपल्ट ट्रक भित्र्याउने व्यवसायी प्रितम सिंहबारे किरणदीप सन्धुले लेखेको पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीको आलोचना भइरहेको छ ।

    प्रमुख प्रतिपक्षी एमालेले राजीनामा मागेको छ भने रास्वपालगायतका दलहरूले जवाफमा मागेका छन् । प्रधानमन्त्री दाहालले सत्तारुढ गठबन्धनको बैठकमा उक्त प्रसंग आफूले नभई सिंहलाई उल्लेख गरेको र अहिलेको प्रसंग नभएको प्रष्टीकरण दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार