Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • भारतीयकाे ज्यादती : नेपाली युवकको कपाल मुन्डन गरी जय श्रीराम लेखियो

    भारतीयकाे ज्यादती : नेपाली युवकको कपाल मुन्डन गरी जय श्रीराम लेखियो

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भाषणको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा विश्व हिन्दू सेना नामक संगठनले नेपाली युवकको कपाल मुन्डन गरेर टाउकोमा जय श्रीराम लेखेको छ ।

    संगठनले ती युवकलाई प्रधानमन्त्री ओलीकोविरुद्धमा समेत नाराबाजी गर्न लगाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।



    यद्यपी आजतकले भने उक्त समाचार हटाइसकेको छ ।



    संगठमले प्रधानमन्त्री केपी शर्मा ओलीले भागवान रामको जन्मस्थानबारे दिएको बयानको सजाय भारतमा रहेका नेपालीले भोग्नु परेको चेतावनी समेत दिएको छ ।

    प्रधानमन्त्री ओलीले रामको जन्मस्थल र उनी भारतवंशी भएकोमा प्रश्न उठाउँदै रामको जन्म नेपालमा भएको दाबी प्रस्तुत गरेका थिए ।

    हिन्दूवादी संगठन विश्व हिन्दू सेनाले यस घटनाको भिडियो बनाएर र सामाजिक सञ्जालमा पोष्ट गरेपछि प्रहरीले संगठनका अध्यक्ष र यसमा सामेलहरुविरुद्ध एफआईआर दर्ता गरेर पक्राउ गर्न खोजी सुरु गरेको पनि समाचारमा उल्लेख छ ।

    समाचारमा जनाइए अनुसार ‘उनीहरुले ती युवकलाई जय श्रीरामको नारा र केपी ओली मुर्दाबादको नारा पनि लगाउन लगाउँछन् । त्यसपछि ती नेपाली युवकले भारतमा उनलाई रोजगारी प्राप्त भएको र भारतले साहरा दिएको कुरा उल्लेख गर्छन् । उनले राम नेपालको नभएर भारतको भएको पनि बताउँछन् । र, अन्त्यमा जय श्रीराम र भारत माताको जयको नारा लगाउँछन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार